जाजरकोट । जाजरकोटमा एक ३ वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका–७ स्याला निवासी शिवबहादुर सार्कीकी ३ बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो ।
बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो । परिवारले राति १० बजे मात्रै फेला पारेका थिए ।
बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । बालिकाको हत्या आरोपमा प्रहरीले बारेकोट गाउँपालिका–६ ताँसीका १२ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार बालकले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको छ । ‘बलात्कारको प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेप नै भएको चाँहि देखिदैन । तर प्रयास गरेको अनुमान गर्न सकिन्छ,’ डीएसपी पाण्डेले भने ।
प्रहरीले बिहीबार बिहान ५ बजे बालकलाई बारेकोट–६, ताँसीस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
बालकलाई बाल निगरानी कक्षमा राखिएको जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी दिनेश तिमल्सिनाले बताए ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (चक्कु) बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर