आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

badali_mausam_ktm

पोखरा । देशका केही स्थानमा आज शुक्रबार बदली र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले तराईका धेरै ठाउँमा बाक्लो हुस्सु लागेको छ । तराईको हुस्सु र कुहिरो केही दिन नहट्ने तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा लागेको बादल आजदेखि हट्दै जाने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाण्डौमा घाम लागेसँगै कुहिरो हट्नेछ ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहने अनुमान छ । बाँकी भागमा मौसम मुख्यतया सफा नै छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds