सुप्रिम सहकारी ठगीमा रविमाथि थुनछेक बहस सुरु

सुप्रिम सहकारी ठगीमा रविमाथि थुनछेक बहस सुरु

rabi adalat

रूपन्देही । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा आज सुरू भएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको हो ।

लामिछानेका तर्फबाट बहस गर्न काठमाण्डौबाट गएकासहित १२ जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा पेश गरेका छन् ।

त्यसैगरी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नुहुनेछ । थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । बयानका लागि अस्ति मङ्गलबार भैरहवा पुगेका लामिछाने हिजो कार्यालय खुल्नेबित्तिकै अदालतमा उपस्थित भएका थिए ।

लामिछानेको हिजो बयान सकिएको थियो । इजलासले आज बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिजो हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो ।

कास्की प्रहरीको हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds