भारतमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु, ५० बढी घाइते

भारतमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु, ५० बढी घाइते

train-accident11

पोखरा । भारत महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि घटना भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुष्पकल एक्सप्रेसको बी ४ बोगीमा विजुली सर्ट भएको थियो । त्यसलाई ट्रेनमा आगो लागेको भन्ने ठानेर केही यात्रुले ट्रेनलाई आकस्मिक रूपमा रोक्न चेन तानेका थिए । लगत्तै ट्रेन ट्र्याकबाट बाहिरिएको थियो ।

यसबीच यात्रुहरू ट्रेनबाटै हाम फालेकाले क्षति पुगेको अधिकारीहरूले बताएका छन् । उनीहरू हामफालेको तर्फ पनि अर्को ट्र्याक थियो । जहाँ अर्कोतर्फबाट कर्नाटक एक्सप्रेस आइरहेको थियो ।

दुर्घटनामा केही नेपाली पनि परेको बताइएको छ । तर, यसको पुष्टि हुन सकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ