गण्डकी सहित यी प्रदेशमा हिमपातको सम्भावना

गण्डकी सहित यी प्रदेशमा हिमपातको सम्भावना

snow-mausam

पोखरा । देशका केही स्थानमा बदली र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिमका पहाडी भू-भागका एक, दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र गण्डकीको एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति कोशी प्रदेशमा पनि उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम आंशिक बदली भइ हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेशमा भने मौसम पूर्णरुपमा सफा रहनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds