पोखरा ।३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ माघ १० गतेदेखि सुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ पनि समावेश गरिनेछ ।
संघका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले मंगलबार पत्रकार सम्मेलनमा मेलाबारे जानकारी दिँदै यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको आधारशिला बनाउने लक्ष्य राखिएको बताए ।
मेलाले राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि, र हस्तकलाका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।पोखरामा २०४२ सालमा पहिलोपटक व्यवस्थित रूपमा मेला आयोजना भएको स्मरण गर्दै कार्कीले मेला र महोत्सवले आर्थिक गतिविधि बढाउने, रोजगार सिर्जना गर्ने, र अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरे ।
उनले ३३ औं संस्करणको मेलामा नेपालका सातै प्रदेशका मौलिक उत्पादन, संस्कृति, र रैथाने परिकारलाई समावेश गरी निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना खोज्ने प्रयास गरिने जानकारी दिए ।
यस महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कारहरू, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ । चौथो मोबाइल एक्सपोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा माबवाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा, र हरेक दिन ५ वटा डोर प्राइज उपलब्ध गराइनेछ ।
महासंघको संरक्षकत्वमा आयोजना हुने यस मेलामा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, क्यान कास्की, र नेपाल मोबाइल वितरक संघलगायतका संस्थाहरूको सहकार्य छ । बाल्ट्रा होम एप्लाएन्स मेला मुख्य प्रायोजक छ भने अन्य सहप्रायोजकमा समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई), सुजल डेरी र माछापुच्छ्रे बैंक छन् ।
मेलामा औद्योगिक उत्पादन, कृषि जन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, र पर्यटन प्रवद्र्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । मेलामा देशका अन्य प्रदेशबाट असल अभ्यासहरूलाई समावेश गरी गण्डकी प्रदेशमा लगानी आकर्षित गर्ने उद्देश्य पनि राखिएको छ ।
मेलामा सहभागी हुन न्यूनतम ५० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ भने ज्येष्ठ नागरिक, अपांता भएका व्यक्ति, राष्ट्रसेवक सुरक्षाकर्मी, र विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले मेलाको आयोजना गैरनाफामूलक भएको स्पष्ट पार्दै यसलाई भव्य र सभ्य बनाउन सबैको साथ आवश्यक रहेको बताए ।
मेलाले औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने विश्वास उनले व्यक्त गरे । यो मेला माघ १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । आयोजक पोखरा उद्योग वाणिज्य संघले यस महोत्सवलाई आर्थिक गतिविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको महासचिव शोभा गौतमले बताइन् ।
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो