बागलुङका पूराना वामपन्थी नेता, पूर्वराज्यमन्त्री शर्माको निधन

बागलुङका पूराना वामपन्थी नेता, पूर्वराज्यमन्त्री शर्माको निधन

मिर्गौला प्रत्यारोपण असफल हुँद

Ramji_Sharma 1

बागलुङ : पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ।

शर्माको आज दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

मिर्गौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए। मिर्गौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए।

पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए। विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित शर्मा त्यही बेला उनी राज्यमन्त्री थिए।

एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए। हाल उनी कुनै पनि जिम्मेवारीमा थिएनन्। शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याइपुग्ने अध्यक्ष गौतमले बताए। रासस

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds