पोखरा । लामो समय गण्डकीको स्वास्थ्य मन्त्रालयमा रहेका सचिव डा. विनोदविन्दु शर्मालाई सरुवा गरिएको छ ।
गण्डकी सरकार मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा सरुवा गर्ने निर्णय गरेको थियो । शर्माको स्थानमा डा. विश्वबन्धु बगालेलाई ल्याइएको छ । उनको सोमबार पदस्थापन भएको छ ।
बगालेले यसअघि पनि गण्डकीकै स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए । २०७९ असोज ५ मा गण्डकीमा आएका बगाले करिब ३ महिना काम गरेर अध्ययन बिदामा बसेका थिए ।
केही महिना अध्ययन बिदामा बसेका बगालेलाई पुनः मन्त्रालयमै फर्काइएको हो । उनको दरबन्दी गण्डकी प्रदेशमै थियो । अहिले अध्ययन बिदा सकेर उनी फर्किएपछि उनी पहिलेकै मन्त्रालयमा पदस्थापन भएका छन् ।
डा. विनोदविन्दु पहिले पनि स्वास्थ्य सचिव नै थिए । तत्कालीन स्वास्थ्यमन्त्री मधुमाया अधिकारीसँग काम गर्दा लय पनि नमिलेपछि विनोदबिन्दुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको थियो । झण्डै १ वर्षसम्म जिम्मेवारीविहीन रहेका विनोदबिन्दुले विश्वबन्धु अध्ययन बिदामा बसेपछि स्वास्थ्यमै फर्कने मौका पाएका थिए ।
अहिलेका स्वास्थ्य मन्त्री कृष्ण पाठकसँग समेत बिनोदबिन्दुको लय नमिलेपछि उनलाई तालिम केन्द्रमा धकेलिएको बताइन्छ । मिठा कुरा गर्ने तर कार्यसम्पादनमा अग्रसर हुनै नखोज्ने स्वभावका शर्मालाई पन्छाइएको बताइन्छ ।
सम्बन्धित खबर
१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्वारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण
अन्तराष्ट्रिय उडान नियमित गर्न सबैको पहल आवश्यक छः मन्त्री बस्याल
गण्डकी कोटिहोम महायज्ञको भूमि पूजन बैशाख ३ गते गरिँदै
बद्रीले नचाए आलु महोत्सवका दर्शक
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण