पोखरा । पोखरा महानगर पालिका वडा नं– ६ मा स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिकोत्सव ज्येष्ठ नागरिकहरुलाई सहयोग गरि मनाएको छ ।
सहकारीले पोखरा– ६ मा रहेको शुभकामना जेष्ठ नागरिक पार्क लाई १ लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामाग्री वितरण गरेको छ । उक्त सामाग्री संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले ज्येष्ठ नागरिक पार्क परिवारलाई सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका छन् ।
सो अवसरमा वडा सदस्य बासुदेव बरालले ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा कार्यालय लागि परेको सुनाए । उनले अधिकारको संरक्षण र सम्वद्र्धन गरि उनीहरूमा भएको अनुभव, सीप, ज्ञान र क्षमतालाई लाई विकासको राष्ट्रिय मूल प्रवाहमा समाहित गदै योजनावद्ध ढङ्गले लाग्न सरकारलाई आग्रह गरे । ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा क्रमश ह्रास हराउँदै गएको छ ।
यस अवस्थालाई अझ खस्किन नदिन, सामाजिक संस्कार र मान्यतालाई कायम राख्न आज हाम्रो लागि चुनौती बनेकोमा चिन्ता जनाए । उमेरको उत्तरार्धमा ज्येष्ठ जीवन बिताईरहेको ज्येष्ठ सदस्यहरूलाई प्राप्त सामाग्रीहरू राहत पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष सूर्यनाथ पहारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरू गरेको स्मरण गर्दै, ज्येष्ठ नागरिकहरूको हकहित संरक्षण गरि उनिहरूलाई समाजमा उचित र यथोचित ढङ्गले सम्मान दिनु आवश्यक रहेको बताए । संस्थाले समुदायका ज्येष्ठ नागरिकलाई सहयोग गरेर संस्थाको वार्षिकोत्सव मनाउँदा आत्मसन्तुष्टि मिलेको जनाए । कार्यक्रममा नागरिक समाजका कास्की पूर्व संयोजक विष्णुहरि अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कुष्ण कुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारी लगायतले ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा ह्रास आउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
ज्येष्ठ नागरिक पार्क परिवारले संस्थालाई माया गरेर आज यहाँसम्म पुर्याउनु हुने सबैलाई धन्यबाद व्यक्त गर्दै, आउँदा दिनहरूमा पनि सहयोगी हातहरू लिएर आउन आग्रह गरेका थिए ।
सम्बन्धित खबर
१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्वारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण
अन्तराष्ट्रिय उडान नियमित गर्न सबैको पहल आवश्यक छः मन्त्री बस्याल
सम्झौता समयअगावै राङ्खोला – बिरुवा जोड्ने सडक कालोपत्रे
गण्डकी कोटिहोम महायज्ञको भूमि पूजन बैशाख ३ गते गरिँदै
बद्रीले नचाए आलु महोत्सवका दर्शक
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण