पोखरा । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् ।
अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।
यसैबीच, ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि झण्डै १२ घण्टा आफ्नो सेवा बन्द गरेको टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरु गरेको बीबीसीले जनाएको छ ।
एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि अस्ति शनिवार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।
अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानून लागू भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन । तर ट्रम्पले आज शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानून लागू गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएसँगै कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको थियो ।
अमेरिकामा टिकटकमा १७ करोड प्रयोगकर्ता रहेका छन् ।
सम्बन्धित खबर
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
बिम्स्टेक शिखर सम्मेलन सुरू, सँगै उभिए ओली र मोदी
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर