अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ

अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ

MukhyaMantri-PS-Grg

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन्।

आज क्व्हेलासोथर गाउँपालिका–९ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयको ५०औं स्वर्णजयन्ती कार्यक्रम उद्घाटन गर्दै उनले विकास र सुशासनको गति बढाउन आवश्यक रहेकाले सरकारले अध्यादेशको बाटो रोजेको बताए।

‘मुलुक पञ्चायत, बहुदल, युद्ध हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि काम गर्ने अवस्था पुरानै छ । कानुनको कुरा पनि त्यही हो । यसकारण ऐन, कानुनमा आवश्यक संशोधन गरेर कामको गति बढाउन सरकारले अध्यादेश ल्याएको हो’, मन्त्री गुरुङले भने।

उनले गणतन्त्रको विकल्पमा समृद्ध गणतन्त्र र लोकतन्त्रको विकल्पमा समृद्ध लोकतन्त्र मात्र हुने भन्दै यस्तो व्यवस्थामा पनि जनताले सहज रूपमा सेवा पाउन नसक्ने अवस्था अन्त्यका लागि अध्यादेश उपयोगी हुने धारणा राखे।

सञ्चारमन्त्री गुरुङले भने, ‘मुलुकमा जनताले अझै पनि सहज रूपमा छिटोछरितो र भनसुनविना सेवा पाउन नसकेको गुनासो सबैले सुनिरहेकै छौँ । अध्यादेश जारी भएसँगै ती समस्या हल गर्न सहज हुने हाम्रो अपेक्षा छ।’

उनले सरकारले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र हुनुपर्ने नियम बनाएको बताए। कर्मचारीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने गरेको जनगुनासोपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सरकारका प्रवक्ता गुरुङको भनाइ थियो।

गण्डकी प्रदेशका अर्थ मामिलामन्त्री डा टकराज गुरुङले सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, बिजुली पर्यटनलगायत क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको बताए।

त्यस अवसरमा उक्त विद्यालयमा सूचना प्रविधि कक्षासमेत स्थापना गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds