पोखरा । मधेश आन्दोलन भएको आज १८ वर्ष पूरा भएको छ ।
अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको मधेश आन्दोलनको सम्झनामा मधेशवादी दल र प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवस मनाउँदै आएका छन् । आज पनि विभिन्न कार्यक्रम हुँदैछन् ।
आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।
प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।
बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारसहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।
सम्बन्धित खबर
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
काठमाडौँ फेरि विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा
लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
आज जनआन्दोलन दिवस मनाइँदै
देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
रवि लामिछाने भैरहवा कारागार चलान
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर