भारतमा साँढे जुधाइ प्रतियोगिताको क्रममा ७ जनाको मृत्यु

भारतमा साँढे जुधाइ प्रतियोगिताको क्रममा ७ जनाको मृत्यु

Bull-fight

पोखरा । दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा ७ जनाको मृत्यु भएको छ । ४०० जनाभन्दा धेरै घाइते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा अस्ति र हिजो गरेर सात जनाको मृत्यु भएको खबरमा उल्लेख छ ।

शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्नेक्रममा मालिककै मृत्यु भएको छ । प्रहरीले धेरैजसो मृत्यु र घाइते साँढे जुधाउने मैदान बाहिरै भएको बताएका छन् ।

भारतको तमिनाडुमा साँढे जुधाउने चलन निकै लोकप्रीय छ । वर्षेनि मानिसको ज्यान जाने घटना हुँदै आए पनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो बढ्दै गएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds