नयाँ दिल्ली । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले गोरखा सैनिक भर्ती पुनः खुलाउन नेपाल सरकारसँग आग्रह गरेका छन्। गत चार वर्षदेखि भारतीय सेनामा गोरखा भर्ती बन्द भएको छ।
शुरुमा कोभिड महामारीका कारण भर्ती बन्द भएको थियो। त्यसपछि भारत सरकारको अग्निपथ योजनाप्रति असन्तुष्टि जनाउँदै नेपालले गोरखा भर्तीमाथि रोक लगाएको थियो। यो अवधिमा भारत र नेपालबीच यो विषयमा विभिन्न वार्ता भए पनि समाधान निस्किएको थिएन।
गोरखा भर्ती बन्द भएपछि दुई देशबीचको सम्बन्धमा असर परेको छ। चार वर्षसम्म नेपाल सरकारले कुनै जवाफ नदिएपछि भारतीय सेनामा गोरखा ब्रिगेडको भविष्य अनिश्चित बनेको छ।
यूरेशियन टाइम्सका अनुसार जनरल द्विवेदीले गोरखा सैनिकको भर्ती पुनः शुरु गर्न अनुरोध गरेका छन्। जनरल द्विवेदीले भने, ‘मैले व्यक्तिगत रूपमा नेपालका सेना प्रमुखसँग भारतीय सेनामा गोरखा भर्ती पुनः शुरु गर्न आग्रह गरेको छु। आशा छ‚ यो छिटै शुरु हुनेछ। हामीले नेपालसमक्ष आफ्नो प्रस्ताव राखेका छौँ‚ जवाफ पर्खिएका छौँ।’
यद्यपि उनले गोरखा भर्ती कहिलेबाट फेरि शुरु हुन्छ भन्ने स्पष्ट रूपमा बताएनन्।
सन् २०२२ मा भारतले अग्निपथ योजना शुरु गरेको थियो। त्यसमा चार वर्षका लागि मात्रै सैनिक भर्ती गरिन्छ। ७५ प्रतिशत अग्निवीर ४ वर्षपछि सेवानिवृत्त हुन्छन्।
नेपाल अग्निवीर योजनाको शर्तसँग सहमत छैन। नेपालले यसलाई त्रिपक्षीय भारत-नेपाल-बेलायत सम्झौताको उल्लंघन भएको ठान्छ।
भारतीय सेनामा गोरखाको भर्ती ऐतिहासिक वीरता र आपसी विश्वासमा आधारित छ। यो सदियौँदेखि प्रचलित छ। सन् १९४७ को त्रिपक्षीय सम्झौताबाट यसलाई औपचारिकता दिइएको थियो। यो सम्झौताले भारतीय र बेलायती सेनालाई गोरखा भर्ती जारी राख्न अनुमति दिएको थियो। यो सम्झौताका शर्तअनुसार ६ वटा गोरखा रेजिमेन्टहरू भारतलाई छुट्याइएको थियो।
हाल भारतीय सेनामा करिब ३४,००० गोरखा सैनिक छन्। भर्ती बन्द हुनुअघि भारतीय सेनाले नेपालबाट वार्षिक १ हजार २ सयदेखि १ हजार ५ सय नेपाली भर्ना गर्ने गरेको थियो।
सन् २०२० देखि १४ हजार गोरखा सैनिकले हालसम्म अवकाश पाइसकेका छन्। यी ठाउँमा नयाँ भर्ना हुन सकेको छैन। यसले भारतीय सेनामा गोरखा बटालियनमा उल्लेखनीय कमी आएको छ।
सम्बन्धित खबर
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
बिम्स्टेक शिखर सम्मेलन सुरू, सँगै उभिए ओली र मोदी
नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर
भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर