महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि `एचपिभी´ खोप लगाइने भएको छ । यहाँका नौ हजार तीन सय १९ जना किशोरीलाई `एचपिभी´ खोप लगाइने भएको हो ।
यहि माघ २२ देखि फागुन ६ गतेसम्म राष्ट्रिय खोप अभियान सञ्चालन हुँदैछ । यसै क्रममा माघ २२ देखि २७ गतेसम्म जिल्लामा सञ्चालन हुने खोप अभियानमा यहाँका १० वर्षदेखि १४ वर्ष उमेरसम्मका किशोरीलाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।
स्याङ्जाका ११ वटै स्थानीय तहका विद्यालयमा अध्ययन गर्ने लक्षित उमेर समूहमा रहेका ६ देखि १० कक्षासम्माका नौ हजार दुई सय ८८ जना छात्राहरु र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
खोप अभियानअन्तर्गत पुतलीबजार नगरपालिकामा एक हजार सात सय २० जना, भीरकोट नगरपालिकामा ८३३ जना, वालिङ् नगरपालिकामा एक हजार नौ सय ८० जना, गल्याङ नगरपालिकामा एक हजार एक सय ११ जना, चापाकोट नगरपालिकामा आठ सय ९० जना किशोरीले खोप लगाउने छन् ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकामा चार सय ३७ जना, आँधीखोला गाउँपालिकामा तीन सय ९९ जना, फेदीखोला गाउँपालिकामा चार सय ६४ जना, बिरुवा गाउँपालिकामा चार सय २६ जना, हरिनास गाउँपालिकामा चार सय ६१ जना, कालीगण्डकी गाउँपालिकामा पाँच सय ९८ जना किशोरीलाई खोप लगाइने प्रमुख चापागाईंले बताए ।
अभियानका क्रममा लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुले परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयहरुमा गएर खोप लगाउन सक्ने उनको भनाइ छ । अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको पनि उनले जानकारी दिए ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर मुख्यतः एचपिभी भाइरसको संक्रमणबाट हुने गर्दछ । महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चारजना महिलाको मृत्यु भएको तथ्यांक रहेको छ ।
सम्बन्धित खबर
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
बिरुवा गाउँपालिकाको भवन अर्थमन्त्री पौडेलद्वारा उद्घाटन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो