सत्तारुढ नेपाली कांग्रेसले सत्तासाझेदार दल नेकपा एमालेसँग कुनै पनि समस्या नरहेको निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संघीय संसदीय दलको कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए।
सत्ता गठबन्धन दलभित्र समस्या रहेको चर्चा चलिरहेका बेला कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा पार्टी पदाधिकारी, सरकारमा सहभागी मन्त्रीहरू र संसदीय दल कार्यसमितिका पदाधिकारी सहभागी थिए।
‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ। हाम्रा बीचमा कुनै समस्या छैन। दुई दल सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान अफ्ठेरो छैन भन्ने हाम्रो निष्कर्ष हो।’ बैठकपछि गृहमन्त्री लेखकले भने।
बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अनुसार समीकरण अगाडि लैजाने कुरामै केन्द्रित भएर काम गर्न निर्देशन दिएको उनले बताए।
नागरिकलाई बढिभन्दा बढि सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धिमा मुलुकलाई लैजाने गरी मन्त्रीहरूले काम गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको गृहमन्त्री लेखकले बताए।
सम्बन्धित खबर
कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार घाइते, आँखामा गम्भीर चोट
काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते भएपछि महासंघले आकस्मिक बैठक बोलायो
मनिष झा भन्छन् – ‘सरकार ढल्नु हुँदैन, नढलोस्, गठबन्धन अझै लामो जाओस्’
‘ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई श्री ५ बनाउने भए मोहन शमशेरको नाति पशुपतिलाई श्री ३ किन नबनाउने ?’
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन