आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

Ashika-tamang

पोखरा । अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी वृत्त गौशालालाई अनुमति दिएको हो । अभ्रद व्यवहारसम्बन्धी मुद्दामा गौशाला प्रहरी वृत्तको टोलीले बुधबार तामाङलाई पक्राउ गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुव्र्यवहार गरेको भन्दै उजुरी दिएको थियो । तामाङमाथि कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुव्र्यवहार र धकेलाधकेल गरेको आरोप छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds