गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिकाले स्थानीयको अवरोधका बीच पातले छाँगो (डेभिड फल्स) को प्रवेशद्वारमा ताला लगाएको छ । छाँगो २०३४ सालदेखि छोरेपाटन माविले व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको छ ।
पोखरा महानगरले आज माघ १ गतेदेखि पातले छाँगोको सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिएको हो ।
आफैले छाँगो सञ्चालन गर्ने गरी महानगरको टोली पुग्दा मंगलबार स्थानीयले अवरोध गरेका थिए । स्थानीयले मेयर धनराज आचार्य, प्रवक्ता मोति तिमिल्सिना, पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगी विरुद्ध नाराबाजी पनि गरेका थिए ।
पछि महानगरले पातले छाँगोको प्रवेशद्वार सिलबन्दी गरेको छ । महालेखापरीक्षकको कार्यालयले राजस्व संकलन सम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि छाँगो महानगर आफैले सञ्चालन गर्न लागेको हो ।
महानगरपालिकाले विभिन्न संरचना निर्माणसमेत गर्ने गरी निजी कम्पनीलाई भाडामा दिने सम्झौता गरेको हुँदा विद्यालय सञ्चालनको आम्दानी टुट्ने भन्दै स्थानीयले विरोध गरेका छन् ।
डेभिड फल्सबाट गत बर्ष ४ करोड ४५ लाख ३४ हजार आम्दानी भएको स्थानीय बताउँछन् । तर, विद्यालय सञ्चालन गरिरहँदा महानगरले बर्षको २ करोडमा ४० बर्ष का लागि १.५ किलोमिटर खोला समेत भाडामा दिन खोज्दा आफूहरुको असहमति रहेको स्थानीय बताउँछन् ।
पाताले छाँगोको व्यवस्थापन महानगरपालिकाले यसअघि पटकपटक नियन्त्रणमा लिने प्रयास गरेको थियो । छोरेपाटन माविका विद्यार्थीसहित स्थानीयको विरोधपछि महानगरपालिका पछि हटेको थियो ।
पाताले छाँगोकै आम्दानीबाट एक सय बढी शिक्षकलाई विद्यालयले तलब दिने गरेको छ । त्यहाँबाट वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गर्दै आएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालले जानकारी दिए ।
पातले छाँगामा प्रवेश शुल्कबाट हाल मासिक २५ लाख रुपैयाँ विद्यालयमा निजी स्रोतबाट नियुक्त भएका शिक्षक र कर्मचारीमा खर्च हुने गरेको छ । प्रधानाध्यापक डिल्लीराम भुसालका अनुसार एक सय १२ शिक्षक तथा कर्मचारी रहेको विद्यालयमा ३० जना शिक्षक मात्रै सरकारी दरबन्दीका छन् ।
बाँकी ७० शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राखिएको र उनीहरुको खर्च पातले छाँगाको आम्दानीबाट हुँदै आएको उनको भनाइ छ । स्थानीयले विद्यालयले भोगचलन गर्दै आएको त्यस क्षेत्रलाई महानगरले हस्तक्षेप गर्न नपाउने दावी गर्दै आएका छन् ।
महानगरपालिकाले दुई करोड रुपैयाँमा मात्र ठेक्का लगाएको स्थानीयको दावी छ । यसअघिको आम्दानी भन्दा आधामा ठेक्का लगाइएपछि आफूहरु अन्दोलित बनेको स्थानीय देवराज आचार्यले बताए ।
उनले भने, ‘विद्यालयको जिम्मा सरकारले लिने होला, तर अघिल्ला बर्षमा चार करोड आम्दानी हुने गरेकामा अहिले दुई करोडमा ठेक्का लगाउनु शंका उत्पन्न भयो ।’
महालेखापरीक्षकको कार्यालयले राजस्व संकलनसम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि पातले छाँगो महानगर आफैले सञ्चालन गर्न लागेको हो ।
महानगरपालिकाले पातले छाँगोको सञ्चालन र व्यवस्थापनमा कुनै अवरोध नगर्न सबैलाई अनुरोध गर्दै राजस्व संकलन र संरचनागत व्यवस्थापनमा थप सुधार गर्ने प्रतिवद्धता जनाएको छ ।
पोखरा महानगरपालिकामा राजश्व प्रशासन महाशाखा प्रमुख नवराज पौडेलले सर्जिमन मुचुल्का प्रकाशित गरी महानगरपालिका र छोरेपाटन माविबीच भएको सम्झौता अक्षरश पालना नगरिएको उल्लेख गरेका छन् ।
सन् १९६१ मा यस छाँगोबाट खसेर डेभी नाम गरेकी एक स्वीस पर्यटक बेपत्ता भएपछि उनको नाममा छाँगोको नाम ‘डेभिज फल्स’ रहन गएको बताइन्छ ।
पाँच सय मिटर भूमिगत जल प्रवाह र एक सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ । विशेषगरी जेठदेखि असोजसम्म छाँगो हेर्न आकर्षक मानिन्छ ।
छाँगो वरपरका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्रिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोषाकसहितका तस्बिर खिच्ने ठाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
वन क्याम्पस पोखराको प्रमुखमा सहप्राध्यापक डा. गौतम नियुक्त
प्याब्सन कास्कीको अध्यक्षमा षडानन्द गौतम
पाेखरामा १०५ वर्षीय रामबहादुर खत्रीलाई सम्मान
हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्मालाई मातृशोक
विमान दुर्घटनामा दिवंगत त्रिभुवनको स्मृतिमा सभा र दीप प्रज्वलन
पातले छाँगोको प्रवेशद्वारमा पोखरा महानगरले लगायो ताला, स्थानीयको अवरोध [भिडियो]
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत