हेमजा । कास्की पोखरा महानगरपालिका २५, हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयुक्त आयोजना तथा २५ न.वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा ४ दिने वडा स्तरीय महिला सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ। लातिम पुस २६ गते देखि २९ गते सम्म सञ्चालन भएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महनागरपालिका प्रवत्ता एवं वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले यस तालिमले जीवनोपयोगी शिक्षा मात्र प्रदान गरेको छैन, जिवनमा नजानेका कुरा जान्ने मौका,केही आँट गर्नेहरुका लागि थाल्ने मौका प्रदान गरेको विश्वस व्यक्त गरे।
कार्यक्रमा महानगर कार्यपालिका सदस्य एवं वडा न २५ सदस्य धन कुमारी पोख्रेल तिम्सिना, कृष्ण कुवार, सुवाश भण्डारी, तारा वि.क, वडा कार्यालयका विभिन्न तहका कर्मचारीहरु तथा महिला सञ्जाल हेमजा र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाका बिभिन्न पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
२६ गते देखि सुरु भएको तालिमा सहभागिहरुलाई मासुको अचार, मेथिको अचार लगायत अन्य बिभिन्न अचारका परिकारहरु बनाउने तालिम दिइएको महिला सञ्जाल, कोषाध्यक्ष सोभा कोईराला त्रिपाठीले बताए । अचार बनाउने तालिमा प्रशिक्षकको रुपमा पोखरा–२५ हेमजाकी कमला क्षेष्ठले सहजीकरण गरेका थिए।
कार्यक्रमका विच व्यक्तित्व विकासका लागि उद्धधोषण तालिम पनि दिइएको थियो । उक्त उद्धघोषण तालिमा प्रशिक्षकको रुपमा पत्रकार शुष्मा पौडेल र सञ्चारकर्मी भिम श्रेष्ठले सहजीकरण गरेका हुन्।
महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत एवं धन्यवाद उपाध्यक्ष रिता पौडेले त्रिपाठी र सञ्चालन बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र सचिव गंगा त्रिपाठी तथा हेमजा महिला सञ्जालकी सचिव उभा भुर्तेल पौडेले गरेका थिए।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो