राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कम्तिमा दुई दिन हिरासतमा बस्नुपर्ने भएको छ। काठमाडौं जिल्ला अदालतले थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउने आदेश दिएको हो।
सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि लामिछाने थप प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आइतबार लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए।
न्यायाधीशले आज पनि आइतबारकै आदेशलाई निरन्तरता दिएपछि लामिछाने थप दुई दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो। भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए।
हाल कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो। उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो