पोखरा । ५३ वर्ष अघि २०२८ सालमा तत्कालीन राजा श्री ५ वीरेन्द्रको शुभ राज्यभिषेकका अवसरमा पोखराको अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा निर्माण गरिएको ऐतिहासिक ‘पोखरा गेट’ भत्काइएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडकखण्ड विस्तारका क्रममा गेट हटाएको हो । गत पुस ३ गते दिउँसो र राति गेट भत्काउन लागेपछि राप्रपा र केही स्थानीयले समेत त्यसको विरोध गरी एक्साभेटर फर्काएको थियो ।
पोखराका मेयर धनराज आचार्य बाहिर भएका कारण सहमति जुट्न नसक्दा तत्कालका लागि उक्त गेट भत्काउन रोकिएको थियो । मेयर आचार्य फर्किसकेपछि सहमतिका लागि सर्वदलिय बैठक बसेको बताइन्छ ।
विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको महानगरको दाबी छ ।
तर, राप्रपाले भने सर्वदलीय बैठकमा कुनै निर्णय नभएको बताएको छ । पुस २८ गते राति गेट भत्काइएपछि राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले सर्वदलीय बैठकमा दलहरुले आफ्नो एजेण्डा प्रस्तुत गरेको र सहमति लेखौं भन्दा पनि नलेखेको खुलाएका छन् ।
उनले भने – ‘मेयरले सर्वदलीय बैठक डाके । सबै दलहरुले एजेण्डामा आफ्ना धारणा राखेका हुन् । तर केही निर्णय भएन । सहमतिमा केही निर्णय त लेखौं भनियो । तर, निर्णय केहि लेखिएन । पछि बसौंला, छलफल गरौंला भनेर बैठक सकिएको हो । मध्यराति इतिहास मेटाए ।’
पुनर्निर्माणको सहमति गरौं, जनस्तरबाटै मापदण्ड अनुरुपको पुनर्निर्माण गर्छौँ भन्दा पनि नमान्ने मेयरको नियत खराब रहेको उनको भनाई छ ।राप्रपालगायत स्थानीय एकता क्लबले मुलुकको ऐतिहासिक सम्पदा जोगाउनुपर्ने भन्दै आएका थिए ।
केन्द्रीय सदस्य गिरीले पोखरा गेट पोखराको मुख्य भाग प्रवेश गर्ने क्रममा मुख्य गेट पनि भएकाले पुरानै शैलीमा ऐतिहासिक कला समेटेर मापदण्ड अनुरुप पुनर्निर्माण हुनुपर्ने र नगरेमा जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने प्रतिक्रिया दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि स्वागत गेट रहेकोले पनि महत्वपूर्ण रहेको उनी बताउँछन् ।
राजा वीरेन्द्रको शुभराज्यभिषेक अवसरमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरामा स्वागतार्थ निकै कलात्मक ढंगले पक्की गेट निर्माण गरिएको थियो । गेटको माथिल्लो भाग सबैभन्दा महत्वपूर्ण रहेको छ । जसमा बुद्ध र शिवको मूर्तिबीचमा श्रीपेच जडित छ ।
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो