नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको १९ औं स्थापना दिवसका अवसरमा पोखरामा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
पोखरा पुस्तक तथा स्टेशनरी सङ्घले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पोखरा-१६ स्थित दिव्यज्योति आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । विद्यालयको पुस्तकालयलाई समृद्ध बनाउन पुस्तकहरू पनि उपलब्ध गराइएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई सहयोग पुर्याउने यस्ता कार्यक्रमहरूलाई महानगरले सधैं स्वागत गर्ने उल्लेख गरे ।

विशेष अतिथि पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पोखरेलले महासङ्घको उद्देश्य, भूमिका, र समाजमा यसले पुर्याउँदै आएको योगदानबारे चर्चा गरे ।
महासङ्घका केन्द्रीय सदस्य सूर्यमोहन आचार्यले शिक्षा क्षेत्रमा यस्ता कार्यक्रमहरूको आवश्यकता र प्रभावबारे आफ्नो विचार व्यक्त गरे ।
विद्यालयकी प्राचार्य लक्ष्मी खनालले विद्यालयमा श्रमिक परिवारका छोराछोरी अध्ययन गर्ने उल्लेख गर्दै, उनीहरूको आर्थिक अवस्था कमजोर रहेको जानकारी गराए । सहयोगप्रति आभार व्यक्त गर्दै उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सङ्घका अध्यक्ष गोविन्द गौतमले यस्तो सामाजिक पहलले शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे । साथै, शिक्षा क्षेत्रमा योगदान पुर्याउन यो कार्यले प्रेरणादायक भूमिका खेल्ने पनि बताए ।
कार्यक्रममा गोपाल गिरी ,नन्दा गुरुङ , छविलाल आचार्य लगायतले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी सङ्घका उपाध्यक्ष ध्रुव पोखरेलले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा सङ्घका सचिव राम सुवेदीले सञ्चालनको जिम्मेवारी सम्हालेका थिए ।
यस कार्यले समाजमा शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। विद्यार्थीहरूको शैक्षिक विकास र पुस्तकालय समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने पोखरा पुस्तक तथा स्टेशनरी सङ्घको यो प्रयास प्रशंसनीय भएको छ।
सम्बन्धित खबर
२० औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पत्रकार हरि पन्तलाई पितृशोक
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण