वालिङ् चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः प्रकाश न्यौपाने

वालिङ् चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः प्रकाश न्यौपाने

waling_coc

वालिङ् चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः प्रकाश न्यौपाने चयन भएका छन् । वालिङ् चेम्बर अफ कमर्सको दोस्रो अधिवेशनले यसअघि पनि अध्यक्ष रहेका न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि १७ सदस्यीय जिल्ला कार्यसमिती सर्वसम्मत चयन गरेको जनाएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पङ्गेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ र पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जंगबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँण र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ रहेका छन् ।

अधिवेशनमा बोल्दै वालिङ् नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले व्यवसाय उपभोक्तामैत्री हुनुपर्ने बताए । नगरप्रमुख खाँणले भने, ‘व्यवसाय नाफामुखी मात्र होइन, उपभोक्तामैत्री पनि हुनुपर्छ ।’ व्यवसायीले मूल्यसूची राख्ने, म्याद गुज्रिएका सामाग्री नराख्ने र उपभोक्ताको स्वास्थ्यप्रति विशेष ख्याल राख्नुपर्नेमा नगरप्रमुख खाँणको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ