मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६, डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६च ८३२४ नम्बरको कार एकापसमा ठोक्किएका थिए ।
कारका चालक हेटौँडा उपमहाननगरपालिका–४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र त्यसमै सवार चितवनको राप्ती नगरपालिका–२, गड्यौलीका ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कारचालकको उपचारका क्रममा चितवन अस्पताल र नयाँ मेडिकल कलेजमा श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा राप्ती–२, गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ, सोही ठाउँका २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको वीरगन्ज महानगरपालिका–२, छपकैयाका २६ वर्षीया पूजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिव्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका छन् ।
घाइते सबैको उपचार इलाइभ अस्पताल चितवनमा भइरहेको छ ।
कारलाई ठक्कर दिने स्कार्पियो चालक रौतहट घर भई पर्साको वीरगञ्ज बस्ने २० वर्षीय किशन जैसवाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल प्रहरीको आधिकारिक भनाई –‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा मिश्र निर्वाचित
ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
त्रिविका भीसी बरालको राजीनामा कुलपतिद्वारा स्वीकृत
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुखलाई कारबाही गर्न कर्मचारी संगठनको माग
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर