नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीको छैटौँ वार्षिक साधारण सभा

नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीको छैटौँ वार्षिक साधारण सभा

ph

पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको छैटौँ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको एक समारोहका बीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे ।

कार्यक्रममा सचिव गुरुङले पर्यटनको विविधिकरण भएको बताउँदै समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । पर्यटन यातायातको हरियो प्लेट पहिचान भएको बताउँदै उनले यो पहिचान कायम हुनुपर्ने आवश्यकता औंल्याए ।

एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहालले इम्बोष्ट नम्बरका नाममा हरियो प्लेटको पहिचान गुम्न दिन नहुने बताए ।

एनटिभिए गण्डकीमा विभिन्न १२१ यातायात कम्पनीहरू आवद्ध रहेको र करिब ५५० सवारी साधनमा चार अर्ब बराबरको लगानी रहेको जानकारी गराए ।

उनका अनुसार पर्यटन यातायातका सवारी साधन सञ्चालन भैरहँदा दुई हजार पाँच सय जना व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिए ।

२० वर्षका सवारी साधनलाई विस्थापन गर्ने सरकारको निर्णय व्यवहारिक नभएको बताउँदै उनले यसले व्यवसायी मर्कामा परेको बताए ।

एनटिभिए केन्द्रका अध्यक्ष बेदराज बास्तोलाले पर्यटन यातायात सेवा सञ्चालनमा सम्भावनासँगै चुनौतीहरू पनि रहेको बताउँदै राज्यको व्यवसायीमैत्री नीति आवश्यक हुने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरियो प्लेटका सवारीसाधनले समग्र पर्यटनको स्तर बढाएको उल्लेख गर्दै यसको साख जोगाउनुपर्ने आवश्यकता औंल्याए ।

एनटिभिए गण्डकीका निवर्तमान अध्यक्ष वावुराम पाण्डेले पर्यटनमा दोस्रो ठूलो लगानी पर्यटन यातायातका क्षेत्रमा रहेको बताउँदै सरकारले सवारीसाधन खरिदमा २४० प्रतिशत भन्सार शुल्कले व्यवसायीलाई मर्का परेको जानकारी दिए ।

एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहालको सभापतित्व एवम् महासचिव विकास कंडेलले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए भने पोखरा महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष रामकाजी गुरुङ लगायतले बोलेका थिए ।

पारिवारिक बनभोज समेत रहेको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ