जिटिन गण्डकीमा पुनः किसमकुमारीको अध्यक्षतमा नयाँ कार्यसमिति

जिटिन गण्डकीमा पुनः किसमकुमारीको अध्यक्षतमा नयाँ कार्यसमिति

gten

पोखरा । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जिटिन) गण्डकी प्रदेशको चौंथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ(एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह कोषाध्यक्षमा गंगा घले रहेका छन् ।

त्यस्तै सदस्यहरूमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ रहेका छन् ।

अधिवेशनका लागि जिटिनका संस्थापक केन्द्रीय अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, संस्थापक उपाध्यक्ष हर्कबहादुर गुरुङ रहेका निर्वाचन समिति गठन गरिएको थियो ।

नव निर्वाचित पदाधिकारीलाई संघद्वारा गुरुङ सम्पदा पदमार्गबारे विस्तृत जानकारी एवम् सप्री ल्होसारका अवसरमा आयोजित विशेष समारोहका बीच नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले खादा तथा अविर लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा मन्त्री गुरुङले प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै त्यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

गुरुङ पर्यटन व्यवसायी संघले अघि सारेको गुरुङ सम्पदा मार्ग पर्यटकीय विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै उनले यसको प्रवद्र्धन र विकासका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । पदयात्रा क्षेत्रलाई व्यवस्थित गर्दै पर्वतीय पर्यटनको विकास गर्नुपर्ने उहाँले आवस्यकता औंल्याए । सरकारले जनताले अनुभुती गर्ने गरी काम गर्ने लक्ष्यका साथ अघि बढेको बताउँदै उनले काम गर्ने क्रममा आउने गरेका समस्यालाई निराकरण गर्नका लागि बिभिन्न ११ वटा कानुन बनाउने तयारी गरिएको जानकारी दिए ।

संघीय सांसद मनबहादुर गुरुङले गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्प बन्नसक्ने बताए । गुरुङ समूदायका व्यक्तिहरूले शैक्षिक रुपका साथै अन्य विभिन्न तवरले आँफूलाईसक्षम बनाउनुपर्ने उनले बताए । हाम्रो इतिहास रसंस्कृति जोडिएको ठाउँलाई पर्यटकीयरुपमा उपयोगथ गर्दै त्यसबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले संघले यस सम्पदा पदमार्गलाई पर्यटनमा परिणाम दिनेगरी प्रबद्र्धनको प्रयासमा जुटेको बताए । संघले अन्वेषण एवम् अनुसन्धान पश्चात यसको प्रवद्र्धनलाई जोड दिएको उनले बताए ।

संघका अध्यक्ष किसमकुमारी गुरुङले यस सम्पदा पदमार्गलाई बिभिन्न तीन चरणमा प्रबद्र्धन गर्ने गरी लागेको बताइन् । यसको प्रवद्र्धन र विकासमा तीनवटै तहका साथै सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनले बताइन् । पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधिहरूको प्रवद्र्धनमा निरन्तरता दिदै संस्थामा आवद्ध व्यवसायीहरूको हितको साथै जिटिनलाई थप उचाइमा पु¥याउन सदैव लागी पर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । यो पदमार्गलाई प्रवद्र्धन र संरक्षण गर्नुका साथै परम्परागत संस्कृतिलाई संरक्षण गर्ने उनले बताइन् ।

गण्डकी प्रदेशका पर्यटन सचिव कुमान सिंह गुरुङले गुरुङ सम्पदा पदमार्गको पदयात्रा पर्यटनमा धेरैसम्भावना देखिएको बताउँदै यसको उजागर सँगै प्रवद्र्धन र विकासका लागि मन्त्रालयका तर्फबाट निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अवसरमा सम्पदा पदमार्गको प्रवद्र्धनमा पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान पुर्याउनुभएको भन्दै रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियोे । उनलाई २५ हजार २५ रुपैयाँ नगद र सम्मापत्र प्रदान गरी मन्त्री गुरुङले सम्मान गरे । उक्त अवसरमा पदमार्गको अन्वेषणमा महत्वपूर्ण सहयोग गरेको भन्दै जिटिन नेपालका कार्यसमिति सदस्य एवम् अन्वेषण विज्ञ सञ्जीब गुरुङलाई पनि सम्मान गरिएको थियो ।

संघका अध्यक्ष किसमकुमारी गुरुङको सभापत्वि एवम् महासचिव तुलबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष विकास गुरुङले गरेका थिए ।

कार्यक्रममा जिटिन केन्द्रका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, मादी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङ, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष शोभा गुरुङ लगायतले गुरुङ सम्पदा पदमार्गको सम्भावना बारे प्रकाश पारे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds