स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले महिलालक्षित मादल बजाउन सिकाउने तालिम प्रदान गरेको छ । तीन चरणमा प्रदान गरिने तालिम गत आइतबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले लोक संस्कृतिको संरक्षणका लागि मादल बजाउने तालिम सञ्चालन गरेको जानकारी दिए । स्थानीय बाजा संरक्षणमा पालिका लागिपरेको बताउँदै अध्यक्ष तिवारीले यस्ता किसिमका तालिमले स्थानीय मौलिक बाजा संरक्षणमा भूमिका खेल्ने बताए ।
गाउँघरमा हुने विवाह, व्रतवन्धलगायत विभिन्न धार्मिक – सांस्कृतिक कार्यक्रममा स्थानीय मौलिक बाजा प्रयोग हुने हुँदा यस्ता तालिमले लोक संस्कृति संरक्षणमा टेवा पुग्ने अध्यक्ष तिवारीको भनाइ छ ।
पहिलो चरणको तालिम वडा –१ र ६ का आमा समूहलाई प्रदान गरिएको छ । दोस्रो चरणमा वडा –२ र ३ र तेस्रो चरणमा वडा –४ र ५ का आमा समूहलाई प्रदान गरिने सूचना प्रविधि शाखाकी कर्मचारी लोक कुमारी काफ्लेले जानकारी दिइन् ।
तालिममा अर्जुनचौपारी गाउँपालिकाभित्रका ६२ आमा समूह तथा महिलाले नेतृत्व गरेका संघसंस्थाका १३३ जनालाई तालिम दिइने बताइएको छ । तीन चरणमा प्रदान गरिने तालिम माघ १० गतेसम्म चल्नेछ । मादल बजाउने तालिममा प्रशिक्षण कलाकार तथा वाद्यवादक श्याम घर्ती जिटीले प्रदान गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला