स्याङ्जाको बिरुवा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केट उपहार दिएको छ ।
चिसो मौसम सुरु भएसङ्गै बच्चादेखि वृद्ध अवस्थाका नागरिकको जीवनयापनमा केही कठिनाई हुने गर्दछ । यही चिसोबाट जोगिनका लागि ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्दै गाउँपालिकाले पालिका भरिका ८० वर्षदेखि ८५ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकलाई न्यानो माया स्वरुप ब्लाङ्केट उपहार दिने कार्यक्रम अगाडि बढाएको हो । यस वर्ष अघि ८५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवरले जानकारी दिए ।
गाउँपालिकाले पहिलो चरणमा केही ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिसकिएको बताउँदै अबको केही दिनमा पालिका भरी रहेका ८० वर्षदेखि ८५ वर्ष उमेरसम्मका करिब ४०० जना ज्येष्ठ नागरिकलाई ब्लाङ्केट प्रदान गरिने अध्यक्ष कुँवरले बताए । अध्यक्ष कुँवरले भने, ‘आगामी दिनहरुमा पनि पालिकाद्वारा यी र यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’
स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलगायत विभिन्न किसिमका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष कुँवरको भनाइ थियो ।

स्थानीय नागरिकहरुको मनोभावना बुझेर गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्तलगायतका नागरिकलाई समाजिक सुरक्षा भत्ता सहज रुपमा दिलाउन वडाले सहजीकरण गर्दै आएको अध्यक्ष कुँवरले बताए ।
चिसो बढेसङ्गै विशेषगरी उमेर ढल्कँदै गरेका वृद्ध अवस्थाका नागरिकलाई केही मात्रामा बढी कठिनाई हुने गर्दछ । सोही अनुसार आफूहरुको स्वास्थ्यको ख्याल गरेर पालिकाले चिसोको समयमा न्यानो माया स्वरुप ब्लाङ्केट दिँदा जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
बिरुवा गाउँपालिकाको भवन अर्थमन्त्री पौडेलद्वारा उद्घाटन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो