पोखरा । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा पोखरामा शनिबार ‘एकता सभा’ हुने भएको छ । राष्ट्र गौरव अभियानले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा विगतमा जसरी नै कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक मेजर गणेशबहादुर पौडेल क्षेत्रीले बताए ।
सभाअघि चिप्लेढुंगाबाट न्यूरोड, सभागृह चोक हुँदै पृथ्वीचोकसम्म विभिन्न जातजाति, भेषभुषासहितको र्यालि निकालिने छ । बिहान ११ बजे र्याली सुरु हुने र दिउँसो एक बजे पृथ्वीचोकमा सभा गरिने अभियानका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘पुस २७ भनेको एकता दिवस हो । यो एकताको एउटा चाड नै हो भन्दा फरक पर्दैन,’ उनले भने, ‘एकताकै सन्देश दिन विभिन्न जातजातिको भेषभुषासहितको र्याली हुन्छ । एकताको भावना होस् भनेर कार्यक्रमलाई नै एकता सभा नाम राखेका छौं ।’
सभामा प्रा.डा रमेश ढुंगेलले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गर्ने छन् । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाको सहभागिता रहने छ ।
नेपाल ठकुरी संगम परिवार, कास्की, विश्व हिन्दु महासंघ कास्की, क्षेत्री समाज कास्की, ब्राह्मण समाज कास्की, नेपाल दशनामी समाज कास्की, विश्वकर्मा समाज कास्की, स्वतन्त्र नागरिक समाज नेपाल, पतञ्जली सेवा समिति कास्की, इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की र भू.पू सैनिक संगठन कास्की यो कार्यक्रमका सहआयोजक हुन् ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला