प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले रवि लामिछाने, छविलाल जोशीहरूलाई निर्दोष भन्न नमिल्ने प्रतिक्रिया दिएको छ।
रवि र छविलाई जिल्ला अदालत, कास्कीले बिहीबार क्रमश: ६५ र ८८ लाख धरौटीमा रिहा गरेको छ। यसपछि रास्वपा नेताहरूले उनीहरू निर्दोष ठहरिएको बताएका छन्।
कानुनका ज्ञातासमेत रहेका कांग्रेस नेता मीन विश्वकर्माले उनीहरूलाई निर्दोष भन्न नमिल्ने प्रतिक्रिया दिएका हुन्। ‘सबै अभियुक्तलाई धरौटी माग्नु र रकम फरक हुनुले बुझ्नुपर्छ कि ८८ लाख, ६५ लाख धरौटी निर्दोष भएकाले मागिएको होइन। कानूनी प्रकृया बुझ्न आवश्यक छ।’
उनी अगाडि भन्छन्, ‘जसरी मुद्दा लाग्नसाथ कोही दोषी ठहर हुँदैनन्, त्यसैगरी सादा तारिख वा धरौटीमा छुटेका सबै निर्दोष हुँदैनन्।’
रविले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भयो : सूर्य थापा
रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रस्ताव गर्ने प्रतिवेदन बनाउने विशेष संसदीय समितिका सभपाति सूर्य थापाले लामिछानेले सुरुमा सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलेको बताएका छन्।
जिल्ला अदालत, कास्कीले बिहीबार (आज) रिहा गरेपछि लामिछानेसहितका बारेमा निकालेको पूर्णपाठको अंश साझेदारी गर्दै थापाले यस्तो बताएका हुन्।
‘सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको शेयरबापत् भुक्तानी गरेको खुलासा भयो,’ थापाले भनेका छन्।
हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको छ: बुर्लाकोटी
रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भनेका छन्, ‘पार्टी सभापति रवि लामिछानेज्यूलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। सरकारले जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको छ।’
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने