गण्डकी प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला टी–२० क्रीकेट छनौट प्रतियोगितामा स्याङ्जा विजयी भएको छ । बिहीबार सम्पन्न फाइनल खेलमा घरेलु टोलि कास्कीलाई ८ विकेटले पराजित गर्दै स्याङ्जा विजयी बनेको हो ।
पोखरा अन्तर्राष्ट्रिय क्रीकेट स्टेडियममा भएको फाइनल खेलमा स्याङ्जाले पाएको ११४ रनको लक्ष्य १९.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
स्याङ्जाका लागि श्रेया शाहले ४५ रन बनाएकी थिइन् । शाहले ५६ बलमा चार चौका प्रहार गरिन् । उनी विपक्षी खेलाडीको बलमा बोल्ड भइन् । नटआउट रहँदै सलिना सेनले ४९ बलमा ३९ रन जोडेकी थिइन् । उनले चार चौका प्रहार गरेकी थिइन् । यस्तै, एक चौका प्रहार गर्दै निरु जिटि तीन बलमा ६ रन ल्याएर नटआउट रहिन् । स्याङ्जाका लागि जेनिशा खत्रीले ४ रन जोडेकी थिइन् ।
स्याङ्जाबाट यस प्रतियोगितामा फाइनल खेलको म्यान अफ द म्याच श्रेया शाह बनेकी थिइन् भने अपेक्षा बुढाथोकी उत्कृष्ट बलर बनिन् ।
विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषिराम गौतम, प्रदेश क्रीकेट संघका उपाध्यक्ष प्रकाश पौडेल, कोषाध्यक्ष दिवाकर थापा, सदस्य विद्या भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।
गण्डकी प्रादेशिक क्रीकेट संघको आयोजना पुस २२ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा प्रदेशका ४ टोलि स्याङ्जा, कास्की, पर्वत र नवलपुर क्रीकेट संघको सहभागिता रहेको थियो । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रीकेट प्रतियोगिता –२०८१ यही माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।
सम्बन्धित खबर
१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्वारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण
अन्तराष्ट्रिय उडान नियमित गर्न सबैको पहल आवश्यक छः मन्त्री बस्याल
सम्झौता समयअगावै राङ्खोला – बिरुवा जोड्ने सडक कालोपत्रे
गण्डकी कोटिहोम महायज्ञको भूमि पूजन बैशाख ३ गते गरिँदै
बद्रीले नचाए आलु महोत्सवका दर्शक
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण