पोखरा । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दाको आदेश लेखन कार्य भइरहेको छ ।
बिहीबार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । त्यसपछि आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ । अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहामध्ये एक आदेश गर्नेछ ।आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रवि विरूद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा छ । बिहानैदेखि सुरक्षाा व्यवस्था कडा छ । नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।
प्रतिवादीलाई बोल्न समय दिइँदा रास्वपा सभापति लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका थिए । हाल रवि र उनकी पत्नी निकिता पौडेल अदालतभित्र विश्रामकक्षमा छन् । रास्वपाका केही नेता, सांसद अदालतभित्र र बाहिर छन् । निषेधित क्षेत्रबाहिर रास्वपा कार्यकर्ता र सहकारी पीडित छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा जम्मा भएका छन् । बिहीबार सरकारी वकिलको तर्फबाट बहस सकिएपछि रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका हुन् ।
लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो