चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

guruaama

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।

चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्व कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ ।

निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्र ‘गुरुआमा’ छिट्टै दर्शकहरूमाझ ल्याउने तयारी भइरहेको बताए ।

उनका अनुसार चलचित्रले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धलाई उजागर गरी समाजलाई प्रेरणा दिने छ ।

‘चलचित्रले किशोर किशोरी कसरी दुव्र्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने विषय छर्लङ्ग देखाएको छ’ सुनारले भने, ‘आशा छ यो चलचित्र हेरिसकेपछि सन्तानको सुन्दर भविष्य निर्माणमा र सन्तानलाई गलत प्रवृत्तिबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ