मोरङमा ४ वटा सिलिण्डर बम फेला

मोरङमा ४ वटा सिलिण्डर बम फेला

cylinder-bom

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गको एक पुलनजिक ४ वटा सिलिण्डर बम फेला परेको छ।

नगरपालिका–७ स्थित मालती पुलनजिक स्थानीयले बम रहेको जानकारी गराएसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र आर्मीको टोलीले खोजबिन सुरु गरेको थियो।

सोही क्रममा बिहीबार दिउँसो सुरक्षा निकायले पुलबाट करिब १२ मिटर पश्चिम जमिन खनेर लुकाइएको अवस्थामा ४ वटा सिलिण्डर बम बरामद गरेको हो।

बिहान करिब ८ बजेदेखि सवारीसाधनलाई अर्को सडकतर्फ डाइभर्ट गरी यातायात सञ्चालन गरिएको छ। हाल सो क्षेत्रमा सडक विस्तारको काम जारी छ।

फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ