कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई

कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई

bidhya-bhattrai-1

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।

बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताएकी हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ । हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएकोमा छ। ‘राष्ट्रिय परीक्षा बोर्ड एउटै हुनुपर्छ । १२ सम्मको परीक्षा एउटैले लिनु पर्छ’, उनले भनिन् ।

नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् ।

यस्तै, अब कक्षा ९ र ११ मा रजिस्ट्रेशन शुल्क नलिने र विद्यार्थीबाट विलम्ब शुल्क नलिने समेत निर्णय भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds