पोखरा । प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुम बहादुर गुरुङ निर्वाचित भएका छन् । प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिवेशनमा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, द्वितीय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा सरिता तामाङ र सह–सचिवमा दिलिप भण्डारी निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यहरुमा गिता तिवारी, एलिशा थापा, रवि भण्डारी, दक्ष गुरुङ चयन भएका छन् । अधिवेशनको उद्घाटन सत्रमा नेकपा माओबादी केन्द्रका नेता बिश्व प्रकाश लामिछानेले पत्रकारिताका माध्यमबाट समाजबाद स्थापनाका लागि सहयोग गर्न आग्रह गरे । अब नेपालमा बिधिको सासन, भ्रष्टचार तथा अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष शिबराज बस्ताकोटीले संगठनले गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधब पनेरुले देशभर पाँच हजार भन्दा बढी प्रेस सेन्टरका सदस्य रहेको र पछिल्लो अवस्थाले प्रेस सेन्टर श्रमजिवि पत्रकारहरुको अग्रणी र महत्वपूर्ण संगठन भएको पुष्टि भएको उल्लेख गरे । शहिदको रगतले सिर्जित संगठनको विरासत र गौरव जोगाउन प्रेस सेन्टरका सबै सदस्यहरुको भुमिका बराबर रहेको उनको भनाई थियो । नेकपा माओबादी केन्द्रका पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले दल र राजनितिले गलत ट्रायाक लिन खोजे पत्रकारले खबरदारी गर्न आवश्यक रहेको बताए ।
र्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले सशक्त रुपमा पत्रकारितामा क्रियाशील भइरहन आग्रह गरे । नवनिर्वाचित कमिटीलाई कास्की जिल्ला इन्चार्ज सन्देश श्रेष्ठले बधाई तथा शुभकामना दिएका थिए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो