आमाले नै गारिन् दुई छोरीको हत्या

आमाले नै गारिन् दुई छोरीको हत्या

murdddd

सल्यान । सल्यानमा एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छन्। बिहान बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपातलमा २५ वर्षीया आमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेकी हुन्।

घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछ गर्दा पूर्णिमाले नै हत्या गरेको स्वीकार गरेकी छन्। उनले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको हत्या गरेकी हुन्। बालिकाका बुबा टेकमान राना भने रोजगारीका क्रममा नुवाकोटमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सोधपुछ गर्दा पूर्णिमाले श्रीमानसँग बेलाबेलामा हुने घरायसी विवादका कारण छोरीहरूको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कपडाको सलले घाँटी थिचेर आफूले छोरीहरूको हत्या गरेको प्रहरीसँगको बयानमा भनेकी छन्।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ। प्रहरीले पूर्णिमालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ