पोखरा । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो ।
डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टाअगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेन्सी सर्भिस नम्बर ‘०००’ मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो ।
यद्यपि, त्यो कलमा कुनै कुराकानी हुन नसकेको र ‘०००’ बाट थप दुई पटक कल गर्दा पनि सम्पर्क हुन नसकेको खबरमा उल्लेख छ।
जतिबेला पारामाट्टा प्रहरीले दाहालका पति ४० वर्षीय रविन्द्र सुवेदीसँग सम्पर्क गरे, त्यतिञ्जेलमा प्रहरीलाई घटनाबारे सूचनासमेत आइसकेको थियो ।
प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछि तत्काल थप प्रमाण केही नदेखिएको भन्दै छाडेको थियो ।
दीक्षा अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् । केही वर्ष अगाडि दीक्षा र रविन्द्रबीच विवाह भएको थियो । उनीहरूको आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको समाचारमा उल्लेख छ । पछिल्लो समय उनीहरू सँगै बस्न छाडेका थिए ।
प्रहरीले सीसी टीभी लगायतका प्राविधिक पक्षको जाँच गरेर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
बिम्स्टेक शिखर सम्मेलन सुरू, सँगै उभिए ओली र मोदी
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर