अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोबाट पाँच जनाको मृत्यु

अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोबाट पाँच जनाको मृत्यु

ago

पोखरा । अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको मृत्यु भएको छ । अन्य कयौँ व्यक्ति घाइते भएका छन् ।

जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति मङ्गलबारदेखि जङ्गल र आसपास चारैतर्फ तीव्र फैलिएको आगो मध्य पालिसेड्स, ईटन, हस्र्ट र वुडलीमा नियन्त्रण गर्न सकिएको छ ।

लस एन्जलसका अग्निनियन्त्रकहरूले शहर र वरपर जङ्गलमा लागेको आगोलाई नियन्त्रण गर्न पानीको अभाव भएको खबरमा उल्लेख छ ।

पालिसेड्सबाट २७ हजार मानिसलाई स्थानान्तरण गरिएको छ भने ईटनमा समेत साढे ३२ हजार मानिसलाई घर छोड्न भनिएको छ ।

पालिसेड्सका अधिकारीहरुले अहिलेको मौसममा त्यहाँ आगो लाग्नु स्वभाविक मानिएको तर अहिलेको आगो र डढेलो इतिहासमा सबैभन्दा विनाशकारी भएको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ