स्याङ्जामा नेतृत्वकला तथा सञ्चार सीप तालिम कार्यशाला सुरु भएको छ । पाँच दिनसम्म चल्ने तालिमको सुर्योदय क्लब स्याङ्जा र गैर सरकारी संस्था महासंघ, स्याङ्जाले संयुक्त आयोजना तथा विकल्प ट्रेनिङ सेन्टर पोखराले सहजीकरण गरेको हो ।
तालिमका सहजकर्ता गर्दै विकल्प तालिम केन्द्रका अध्यक्ष रामचन्द्र शर्माले हरेक मानिसका लागि नेतृत्व गर्ने क्षमता र सञ्चार सीप तथा बोल्ने कलाले उसको व्यक्तित्व निर्धारण गर्ने बताए । सञ्चार सीपको विकासले मानिसको दैनिकीमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष शर्माको भनाइ थियो ।
सुर्योदय क्लब स्याङ्जाका अध्यक्ष अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिम सुभारम्भ कार्यक्रममा गैर सरकारी संस्था महासंघ, स्याङ्जाका अध्यक्ष गोविन्दप्रसाद शर्माले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन सुर्योदय क्लबका सचिव एकबहादुर गोदार (रमेश) ले गरेका थिए ।
पुतलीबजार नगरपालिका -३ स्थित सहयात्री पार्टी प्यालेसमा बुधबारदेखि आइतबारसम्म सञ्चालन हुने तालिममा जिल्लाका गैर सरकारी संस्था, सहकारी, सामुदायिक वनलगायतका क्षेत्रमा कार्यरत २५ जनाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
रणविर जनहित माविमा संस्कार शिक्षा सुरु
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला