लमजुङबाट १०७ वटा भरुवा बन्दुक बरामद

लमजुङबाट १०७ वटा भरुवा बन्दुक बरामद

lamjung-hatiyar

लमजुङ । प्रहरीले लमजुङका विभिन्न गाउँबाट ११४ थान हतियार बरामद गरेको छ । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक मौका दिँदा पनि नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो ३ महिनाको अवधिमा २२ बोर हर्नेट, १२ बोर दुई नाले, एकनाले वृज लोडिङ राइफल र १२ बोर दुई नाले बन्दुक बरामद गरिएको छ । अवैध रूपमा हतियार राखेको भेटेपछि दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ ।

स्थानीयले ४ सय ७० थान हतियार द्वन्द्वकालमा बुझाए पनि त्यसको रेकर्ड जिल्ला प्रशासन कार्यालयबाट हटाइएको थियो । ती हतियार रुजु गरेर अहिले लगत राखिएको छ ।

बरामद गर्नुपर्ने ७६४ थान हतियारको विवरण तयार गरेर प्रहरीले ३ महिनासम्म हतियार सङ्कलन गर्ने अभियान चलाएको थियो । आफ्नो घरमा रहेका हतियार बुझाउन सूचना नै जारी गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds