अमेरिकाको लस एन्जलसमा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

अमेरिकाको लस एन्जलसमा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

JPG converted with https://ezgif.com/webp-to-jpg

JPG converted with https://ezgif.com/webp-to-jpg

पोखरा । अमेरिकाको लस एन्जलसमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा डढेलोबाट सुरू भएको आगो आज बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

अग्नि नियन्त्रण प्रमुख क्रिस्चियन क्रोलीका अनुसार ३० हजार मानिसलाई अन्यत्र सर्न भनिएको छ। १३ हजार भवन अहिले खतरामा छन्।

सामाजिक सञ्जालमा आएका केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड र त्यस नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ ।

मानिसहरू आफ्नो घर र गाडी छोडेर भागेका छन् । अहिले त्यहाँ सान्टा आना नामको हावा चलिरहेको छ । यो हावाको बहाव अत्यन्त तीव्र भएका कारण धुवाँको मुस्लो शहर र बस्तीमा प्रवेश गरेको छ ।

जङ्गल नजिकको बाटोमा राखिएका गाडीमा समेत आगो सल्किएको छ ।

डढेलो अझै फैलन सक्ने भन्दै क्यालिफोर्नियामा लाखौं मानिसलाई चेतावनी जारी गरेर सावधान रहन अनुरोध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds