पोखरा । लगातार हुस्सु र कुहिरो लागेपछि तराई/मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । निरन्तर हुस्सु लागेर चिसो स्याँठ चल्दा घर बाहिर निस्कन समस्या भएको छ ।
चिसो बढेपछि तराई क्षेत्रका केही विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरले आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बाक्लो हुस्सु लागेपछि महानगरले आजदेखि पर्सिसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको महानगरका शिक्षा अधिकृत हरि राउतले बताए ।
त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गएको पुस २१ गते सार्वजनिक सूचना निकालेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए।
यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा गाडीको आवागमन प्रभावित भएको छ । हुस्सु र कुहिरोले दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि गएराति केहीबेर दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । आज बिहानदेखि एकतर्फी गाडी सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।
जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ। तर, महाशाखाले शीतलहर चलेको घोषणा भने गरिसकेको छैन ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो