बदली, वर्षा र हिमपातको सम्भावना कहाँ–कहाँ?

बदली, वर्षा र हिमपातको सम्भावना कहाँ–कहाँ?

mausam-photo

पोखरा । देशका केही स्थानमा आज बुधबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

अहिले देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । पश्चिम तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

राति पनि कोशी प्रदेशका पहाडी भू–भागमा बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds