अमेरिकामा ‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको मृत्यु

अमेरिकामा ‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको मृत्यु

mrita fela

पोखरा । अमेरिकामा ‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकी राज्य लुइसियानाका एक जना बिरामी बर्ड फ्लुको एच फाइभ एन वनबाट मृत्यु हुने पहिलो व्यक्ति रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लुइसियाना स्वास्थ्य विभागले बिरामीको उमेर ६५ वर्ष रहेको जनाएको छ । मृतक व्यक्ति जङ्गली चरासँग घुलमिल भइरहने हुँदा उनलाई बर्ड फ्लु लागेको खबरमा उल्लेख छ । विभागले अरू कुनै व्यक्तिमा यस्तो सङ्क्रमण नदेखिएको जनाएको छ ।

एक जनाको मृत्यु भएपनि आममानिसमा अहिले कुनै जोखिम नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरूलाई भने केही जोखिम रहेको छ ।

डाक्टरहरूले एच फाइभ एन वन लागिसकेपछि बचाउने उपाय नभएकाले रोग लाग्नै नदिनु बच्ने एकमात्र उपाय भएको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। विभिन्न सामाजिक सञ्जालमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूजगण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds