चीनमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ जना पुग्यो

चीनमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ जना पुग्यो

Earthquake

पोखरा । नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा आज बिहान गएको भूकम्पबाट चीनमा मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको छ । अन्य १३० जना घाइते भएका छन् ।

भूकम्पका कारण सयौं घर भत्किएका छन् । यो भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो । भूकम्पका कारण सिगात्से क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको खबरमा उल्लेख छ ।

चिनियाँ सेनाले उद्धार प्रयास सुरू गरेको र दुर्गम क्षेत्रमा मानवरहित ड्रोन पारिचालन गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार गर्न तथा प्रभावितहरूको पुनर्वासका लागि आह्वान गरेका छन् ।

चिनियाँ समाचार संस्थाका अनुसार बिहान नेपाल–चीन सिमानामा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। विभिन्न सामाजिक सञ्जालमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूजगण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds