गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
‘पोखरामा घाम लाग्यो घमाइलो’ बोलको गीतलाई रुचाउने जमात बढ्दै गएको छ ।
एक दिनअघि सार्वजनिक भएको यो गीतलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको हो । ‘पोखरामा घाम लाग्यो घमाइलो’ बोलको गीतले यति बेला सामाजिक सञ्जाल फेसबुक रिल र टिकटकमा चर्चा कमाइरहेको छ ।
गायक जीवन दाहाल, राजन कार्की र पछिल्लो समयकी चर्चित गायिका शान्ता रानीको स्वर रहेको यस गीतको भिडियो पनि राम्रो बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । गीतमा राजन कार्कीको शब्द र संगीत छ ।
गीतको भिडियोलाई राजन कार्कीले परिकल्पना गरेका छन् भने निर्देशन मनोहरि भण्डारीले गरेका छन् । भिडियोमा जीवन दाहाल, राजन कार्की, संगीता क्षेत्री, सपना क्षेत्री, महसुप क्षेत्री, वर्षा क्षेत्री, राजन सुवेदीलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
जीवन दाहाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव हुन् भने राजन कार्की गण्डकी प्रदेश कमिटिका अध्यक्ष हुन् । दाहाल र कार्कीले यस भन्दा अगाडिको सहकार्य गरेको गीत ‘म त हजुर हङकङको लाहुरे’ लाई पनि दर्शकहरुले मन पराएका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। विभिन्न सामाजिक सञ्जालमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।
सम्बन्धित खबर
फिर्के मिचेर बनाइएका १ सय ६० खोलाघर संरचना हटाउने कानुनी बाटो खुल्यो
दर्शकको रोजाईमा पर्दै ‘पोखरामा घाम लाग्यो घमाइलो’
पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ को संस्थागत सहयोग
वार्षिकोत्सवमा निःशुल्क ब्यूटीसियन तालिम
पोखरा १३ को साहित्य पर्वमा लोक गीत र र्याप गुञ्जिने
पर्यटकीय राजधानीको सडक, ताल र किनारमा महोत्सवको रौनक
यो पनि पढौँ
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु