स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्न लागेको सातौं स्याङ्जा महोत्सव -२०८१ लाई सफल बनाउन सोमबार सचिवालयको उद्घाटन गरेको छ ।
स्याङ्जामा हुने प्रदेश स्तरीय सातौं कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवं स्याङ्जा महोत्सवको सचिवालय संघका पूर्व केन्द्रिय सदस्य तथा जिल्लाका पूर्व अध्यक्ष दीपक लम्सालले दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।
संघकै भवनमा रहेको महोत्सवको सचिवालय उद्घाटन गर्दै लम्सालले स्थानीय उत्पादनको व्यापार वृद्धि तथा कृषि र पर्यटनलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिका लागि आयोजित महोत्सव सफल पार्न सक्रियतापूर्वक सहयोग गरिदिन उद्योगी, व्यवसायी, प्रहरी, प्रशासन, पत्रकार एवं नागरिक समाजलाई आग्रह गरे ।
यसैबीच, महोत्सवको तयारी तीव्र पारिएको बताउँदै महोत्सवको सन्दर्भमा उद्योग वाणिज्य संघ स्याङ्जाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, प्रतिनिधिसभा सदस्य राजु थापा, नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव इन्दु घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख दिपकराज जोशी, नेपाल बैंक लिमिटेडका सिइओ तिलकराज पाण्डे, मुक्तिनाथ विकास बैंकका एडिसिइओ तिल बहादुर गुरुङ र बैंकका कम्पनी सचिव डण्डपाणी ढकाल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षलगायतका व्यक्ति तथा सरोकारवाला निकायहरूसंग भेटी छलफलसहित महोत्सवको प्रस्तावना पत्र बुझाइएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक महादेव श्रेष्ठले जानकारी दिए ।
जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक महादेव श्रेष्ठको अध्यक्षतामा, संघका पदाधिकारी, कार्यसमिती सदस्यलगायत उद्योगी, व्यवसायीहरुको सहभागितामा सचिवालय उद्घाटन कार्यक्रमको संचालन संघका महासचिव रविन केसीले गरेका थिए ।
महोत्सवलाई सफल बनाउन प्रचारप्रसार अभियानलाई तीव्रता दिइएको महासचिव तथा प्रचारप्रसार समितिका संयोजक केसीले जानकारी दिए । केसीका अनुसार महोत्सवका बारे जानकारी गराउन जिङ्गल, पर्चा, पम्प्लेटजस्ता प्रचारप्रसारका सामाग्री तयार भइरहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना
ऐतिहासिक काल्खु मेला: भलिबलको उपाधि कालीकोटलाई
पत्रकारविरुद्ध प्रशासनले दर्ता गरेको उजुरीप्रति महासंघको सीडीओलाई ध्यानाकर्षणपत्र, प्रशासनले उजुरीलाई काउन्सिल पठायो
स्याङ्जाबाट मोटरसाइकल चोरी गर्ने कास्कीका दुईजना पक्राउ
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध