पोखरा । पोखरा महोत्सवलाई सफल बनाउन पोखराका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन् । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं पोखरा महोत्सवलाई सफल बनाउनका लागि आयोजना गरिएको संघ संस्थाहरुको बैठकले पोखरा महोत्सवलाई सफल बनाउनका लागि आ आफ्नो ठाँउबाट साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा पोखरामा रहेका संघ संस्थाहरुले स्व स्फुर्त रुपमा सहभागी भइ महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका छन् ।
सो अवसरमा वोल्दै सुमार्ग टोल बिकास संस्थाका अध्यक्ष तारा प्रसाद तिवारीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले सामाजिक काम गरेकै कारण विगतका महोत्सवहरुमा समेत आफुहरुले साथ र सहयोग प्रदान गर्दै आइरहेको बताए । तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत आफ्नो टोल बिकास संस्थाबाट सहयोग गर्ने समेत तिवारीले प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै हिमाल आमा समुहकी अध्यक्ष तारा सापकोटाले पोखरा महोत्सवमा आफुहरुको उल्लेख्य सहभागीता रहने बताइन् । पाटन बेसीका सम्झना गुरुङले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न आफुहरुको तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाइन् ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष तथा तेह्रौं पोखरा महोत्सव अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी सहित स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गर्दै १३ औं संस्करणमा आइपुग्दा चिडियाखाना निर्माणमा हाल सम्म ५८ लाख ८५ हजार चिडियाखाना निर्माणमा खर्च गरिएको बताए । हाल चिडियाखाना निर्माणको काम प्रदेश सरकार मातहतमा रहेको र सम्पूर्णले खबरदारी सहित खुल्ला चिडियाखाना निर्माणका लागि आवाज बुलंद गर्नुपर्नेमा जोड दिए । युनाईटेड क्लबले खुल्ला चिडियाखानाको अवधारणा सहित अगाडी बढेको भएतापनि हाल उक्त स्थानमा बन्यजन्तु उद्धार केन्द्रको रुपमा बिकसित भइरहेकाले उक्त कार्यप्रति खबरदारी आवश्यक रहेको उनको भनाइ छ ।
सो अवसरमा वोल्दै पोखरा महोत्सव झांकी र्याली तथा संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवलाई सफल बनाउनका लागि पोखरामा रहेका विभिन्न संघ संस्था, टोल बिकास, आमा समुह, महिला समुह लगायतको महत्वपूर्ण भुमिका रहेको बताए । युनाईटेड क्लबका अध्यक्ष तथा तेह्रौं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव पोखरेलीको महोत्सव भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको बताए । पोखरामा रहेका संघ संस्था, आमा समुह, युवा समुह, टोल बिकास संस्थाहरुको साथ र सहयोगले पोखरा महोत्सव आजको दिन सम्म आइपुगेको बताउदै अध्यक्ष थापाले तेह्रांै संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका लागि समेत सम्पुर्ण पोखरेलीहरु समक्ष आग्रह गरे ।
युनाईटेड क्लबका महासचिव तथा तेह्रौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा तेह्रौं पोखरा महोत्सव झांकी र्याली तथा संघ संस्था ब्यवस्थापन उपसमितिका सदस्यहरु उत्तम जोशी र गिता भण्डारी, प्रगतिशिल टोल बिकास संस्थाको अध्यक्ष अग्नि कुमार श्रेष्ठ, संगम टोल बिकास संस्थाका अध्यक्ष धनराज पौडेल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
चार पटक म्याद थप्दासमेत सडक कालोपत्रे नभएपछि स्थानिय आन्दोलित
प्रधानमन्त्री ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध रास्वपा समर्थकको नाराबाजी
म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा हिमपात
तरकारीखेती गरेर जीविकोपार्जन गर्दै बागलुङका किसान
लमजुङमा चार सय मेट्रिक टन सुन्तला उत्पादन
हराउँदै गयो गुन्द्री बुन्ने चलन
यो पनि पढौँ
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु