काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण अदालत प्रवेश गरेको छ ।
आज (आइतबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई,गोर्खा मिडिया नेटवर्ककै तत्कालीन सञ्चालक छविलाल जोशीलगायत ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरु जिबी राई, देवेन्द्र बाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आले मगर, भक्त वहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेश राज श्रेष्ठ, शान्ति कुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, गोकुल श्रेष्ठ, श्रीवल्लभ नेपाल, खिमानन्द कँडेल, अनन्त बाबु राई, विशाल तामाङ, भगवती बम्जन, विर बहादुर रानाभाट, शिवप्रसाद पौडेल, देव कुमार तामाङ, पुष्पराज पौडेल, किरण पुडासाईजनक, कृष्ण बहादुर पोखरेल, कल्याण कुमार घिमिरे, भट्टराईमुखिया कान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी लाई संगठित अपराधमा मुद्दा चलाइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी अहिले प्रहरी हिरासतमै छन् । कास्की जिल्ला अदालतमा उनीहरुको थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा दायर भएको हो ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
नयाँ वर्ष २०८२ सुरूः शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजको मौसम पूर्वानुमान
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
राजसंस्थाबारे प्रष्टै बोले पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ पढ्नुहोस्]
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण